छोराले हजारको नोट बोकेर बजार गएपछि नक्कली नोट छाप्ने बाबुको मेसिन समातियो










 : नक्कली नोट छाप्ने मेसिन रुकुममा पनि फेला परेको छ। नक्कली पैसा छाप्ने मेसिन र एक हजारको नक्कली नोटसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरा छन्। यस घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्काका आधारमा पसलेले प्रहरीलाई खबर गरेका थिए।
बोहोराका छोराले दिएको जानकारीअनुसार पैसा छाप्ने मेसिन, एक हजारको नक्कली नोटसहित बोहोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएको छ।
by==http://www.annapurnapost.com/news/57120

0 comments:

Post a Comment