बडादसैंः टीकाको उत्तमसाइत बिहान ८ः४५ मा,

 by image samcharअसोज २४ । ५ मा, यसरी लगाउनोस् टीका !यो वर्षको विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन् ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ ।

आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नु नपर्ने भएपनि राष्ट्रप्रमुखले भने साइतमै टीका लगाउनुपर्ने सोमबार उनले हामीसँग बताए ।

टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुने पनि पनि उनको भनाइ छ ।


0 comments:

Post a Comment