नेपालको नेताहरु धान रोप्न काभ्रेमा


नेताहरु धाअसार १५, २०७३- प्रमुख तीन दलका शीर्ष नेता धान दिवसको अवसर पारेर रोपाइँ महोत्सवमा सहभागी हुन काभ्रे आएका छन् । उनीहरु किसान सँगै खेतमा पसेर बाउसे गरेर  धान पनि रोपेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेल पार्टी निकट नेपाल किसान संघ काभ्रे र नेपाली कांग्रेस उग्रचण्डी नालाले आयोजना गरेको रोपाई महोत्सवमा सहभागी भए । उनले खेतमा पसेर करिब १० मिनेट कोदालीले बाउसे गर्दै धान रोपेका थिए । उग्रचण्डी नाला ६ टुसालमा भएको कार्यक्रममा किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, सांसद र जिल्लाभरका किसानहरु सहभागी भएको उग्रचण्डी नालाका कांग्रेस सभापति योगराज दाहालले जानकारी दिए

अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष बामदेव गौतमले भने जुता समेत खोलेनन् । करिब २० मिनेट कृषि क्रान्तिका बारेमा भाषण गरेका उनले कोदाली र बिउ हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । स्वास्थ्य कमजोर हुँदाहुँदै सहभागी भएको भन्दै उनी डिलमा बसेर अबलोकन गरेका थिए । उनले सरकारले कृषिको आधुनिकिकरणमा जोड दिएको दाबी गरे ।

0 comments:

Post a Comment